देशभर ३४ जिल्लामा भारी वर्षाले बाढी-पहिरोको उच्च जोखिम – सतर्क रहन आह्वान

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-४-३
काठमाडौं

मनसुनी वायु सक्रिय रहँदा मुलुकका विभिन्न ३४ जिल्लामा अहिले भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेको बिहान ५ बजेको सूचनामा पछिल्लो ६ घण्टामा प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, झापा, धनकुटा, खोटाङ, भोजपुर र उदयपुरमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

यस्तै सप्तरी, सिरहा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला, धादिङ, मकवानपुर, नुवाकोट, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, कास्की, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, कैलाली, कञ्चनपुर,डोटी, डडेलधुरा, सुर्खेत र आसपास केहि स्थानमा मध्ययम देखि भारी वर्षा भईरहेको छ ।

मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती जिल्लामा थप वर्षा हुने सम्भावना रहेको तथा ती स्थान आसपास भई बहने स-साना नदीमा आकस्मिक बहाव अर्थात बाढी, कतिपय भू-भागमा डुबान र पहिरोकोसमेत जोखिम उच्च भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आजै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यो क्रम सोमबारसम्म नै जारी रहने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *