ट्रक दुर्घटना, तीन जनाको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०७-२७

क‌लंकीमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

कलंकीस्थित मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको कुखुरा बोकेको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान साढे ३ बजेतिर भएको दुर्घटनामा मृत्यु भएका तीनै जना कुखुरा बोकेको ट्रकमा सवार थिए ।

मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र २७ वर्षीय भूपेन्द्र तामाङ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील बोहोराले बताए ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *