हालसम्म ११ हजार ५३४ संक्रमणमुक्त २४ घण्टामा २८५ ले जिते कोरोना लाई

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-४-२ 

काठमाडौं– पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ५३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको परीक्षण भएको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

(Visited 22 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *