जुवा खेल्ने सात जना पक्राउ

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०७-२०

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने/खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर-७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट रु ५६ हजार ६१० नगदका साथै नौ पाकेट तास बरामद गरेको छ । जिल्ला प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा घरधनी वीरेन्द्रनगर-७ का निर्मला शाही, खगेन्द्र खत्री, चेतन आचार्य, वीरेन्द्रनगर-८ का जीवन सुनार, वीरेन्द्रनगर-९ का प्रवेश गुरुङ, वीरेन्द्रनगर-३ का खम्बबहादुर शाही र वीरेन्द्रनगर-६ का निराजन शाही रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चाडपर्वको समयमा जुवातासजस्ता अवैध गतिविधि बढी हुने भन्दै रोकथाम र नियन्त्रणका लागि प्रहरी परिचालन तीव्र पारेको जानकारी दिनुभयो । पक्राउ गरेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *