बालिकालाई बन्धक बनाई करणी गरेको आरोपमा भारतीय पक्राउ

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०७-१७

जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम पञ्चायत भुतही–५ का ५१ वर्षीय वीरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहले जनकपुरधाममा डेरा गरी बस्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घरमा कोही नभएको बेला साहले बालिकालाई ललाईफकाई चकलेटको प्रलोभन दिई बन्धक बनाई करणी गरेका थिए ।

साह सोही घरको तल्लो तल्लामा भाडामा बस्दै आएका छन् । बालिकाकी आमा छोरीलाई खोजतलास गर्ने क्रममा साहको कोठाबाट रुँदै कराउँदै गरेको देखि हल्ला गर्दा स्थानीयवासी समेत आई प्रहरीलाई खबर गर्दा जिल्ला प्रहरीबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ गरिएका साहलाई शरीर बन्धक एवं जबरजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *