रस अनलाइन खबर आज २०७७-०७-०३
यस वर्षको दशैँमा हुने भीडभाड, मेला पर्व र शक्तिपीठ मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरिएको छ ।
नेपालमा कोरोना सङ्क्रमणको दर दिनप्रतिदिन बढ्दै गएको अवस्थामा जोखिम उच्च हुने भन्दै जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले दशैँलक्षित भीड, मेलापर्व सञ्चालन र मन्दिर दर्शनमा निषेधाज्ञा जारी गरेको हो । मन्दिरहरुमा नित्य पूजाबाहेक सबै खाले दर्शनमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो ।
(Visited 6 times, 1 visits today)