‘एकतर्फी माया’मा यस्तो देखिइन् स्वेता

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०७-०२

अभिनेत्री श्वेता खड्काको अभिनयमा ‘एकतर्फी माया’ रिलिज भएको छ।
गीतमा सरना श्रेष्ठको स्वर छ। भिडिओमा स्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन्। श्वेतासँगै भिडियोमा अनुपविक्रम शाही र निराजन प्रधानको अभिनय छ।

गीत सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको हो भने शब्द वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन्। सरना श्रेष्ठकी उ आफ्नै छोरी हुन्।
भिडिओ श्वेता खड्काको काया फिल्मस्को निर्माणमा तयार भएको भने परिकल्पना र निर्देशन गायिका सरनाको हो।

‘एक तर्फी माया’ गीतको भिडियोबाट श्वेता खड्काले आफ्नो अफिसियल युटुव च्यानल ‘क का की’ पनि सञ्चालनमा ल्याएकी छिन्।

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *