नायिका श्रद्धा कपूर र रणवीर कपुरले जोडी बाँध्दै

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-२९

बलिउड अभिनेता रणवीर कपूर र नायिका श्रद्धा कपूरले पहिलो पटक फिल्ममा एक साथ काम गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार लव रंजनको आगामी फिल्ममा रणवीर र श्रद्धाको जोडी देखिने पक्का पक्की भएको हो ।

रंजनले रणवीरको अपोजिटमा श्रद्धा कपूरको नाम फाइनल गरेका हुन् । समाचारमा जनाइए अनुसार फिल्मको नाम भने फाइनल भइसकेको छैन् । फिल्म रोमान्टिक कमेडी बन्ने बताइएको छ ।

रणवीरका आगामी फिल्म ‘शमशेरा’ र ‘ब्रह्मास्त्र’ प्रदर्शनको तयारीमा रहेका छन् । नायिका श्रद्धा कपुर पछिल्लो समय ड्रग्स काण्डमा तानिएर चर्चामा आएकी थिइन् ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *