भारी वर्षापछि भारतको आन्ध्र प्रदेश र तेलंगनामा, ७ जनाको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-२८

भारतको आन्ध्र प्रदेश र तेलंगनामा भारी वर्षापछिको बाढी र डुबानले कम्तीमा ७ जनाको मृत्यु भएको छ।

चक्रवातका कारण आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको बीबीसी हिन्दीले जनाएको छ ।

हैदराबादमा मंगलबार दिउँसो सुरू भएको भारी वर्षा बुधबार बिहानसम्म जारी रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारी वर्षाका वर्षाले तेलंगनाको मेडचल-मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। ती क्षेत्रका सडक नदी जस्तै बनेका छन्।

हैदरबादमा भएको यो वर्षा २० वर्षयताकै ठूलो भएको बताइएको छ ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *