करेन्ट लागेर युवकको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-१६

मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार रोल्पामा एक युवकको मृत्यु भएको छ ।

सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि प्यूठान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

भारतमा मजदुरी गर्ने नेपाली कोरोनाका कारण रोजगारी गुमेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *