आजको राशिफल : असोज १५ गते, बिहीबार

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-१५

वि.सं.२०७७ साल असोज १५ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–पूर्णिमा,४८ घडी ४५ पला,रातको ०१ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–उत्तरभाद्रपदा,अहोरात्र । योग–बृद्धि,३९ घडी ३७ पला,बेलुकी ०९ बजेर ४८ मिनेट उप्रान्त धुव्र । करण– भद्रा,मध्यान्ह १२ बजेर ३४ मिनेट उप्रान्त बव,रातको ०१ बजेर २७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४८ मिनेट । दिनमान ३० घडी ३८ पला । अन्तर्राष्ट्रिय वृद्ध दिवस । पञ्चक। पूर्णिमा व्रत। अनला पुन्ही।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामान्य काममा अल्झने समय रहेको छ । अरुकै काम गर्दा आफ्नो काम थाति रहनेछ । पढाइ लेखाइमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ । व्यापार व्यावासायमा मन्दि आउने भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घर परिवार तथा समाजमा तारिफयोग्य कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खुसि हुनेछन् । नयाँ प्रेम प्रस्ताब आउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारमा थोरै समय दिदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत संगीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नया काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । धर्म तथा धर्म बिश्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरका लागि समयले साथ दिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यावसायमा आम्दानि नहुदा दैनिकी प्रभावित हुनेछ । दिदि बहिनिहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखि टाडिन सक्छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफ्नै बलबुताले व्यापार व्यावसायमा लागनि गरिन मनग्गे धन सम्पति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुदा आफन्त तथा साभिभाईहरुबाट बधाई आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बन्द व्यापारबाट मनग्गे आम्दानि हुनेछ भने नया उद्योगमा लगानि गर्ने अवसर आउनेछ । तपाईको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरि दाम कमाउन सकिनेछ । पढाई लेखाईमा राम्रो नतिजाकाम साथ तपाईको नाम अग्र स्थानमा आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईको काममा सहयोग गर्ने हुदा समयमानै काम सकाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारी साधनको व्यापार व्यावसायमा अलि बढि मेहनेत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । बिद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । राजनिति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला समर्थन नपाईन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाब पाईने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उद्योग तथा व्यापारमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सकारात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिला हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुसि हुनेछन् । विवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा नजिक हुने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानी हुने व्यावसायमा लगानि बढाउन सकिनेछ । पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाइ लेखाइमा प्रतिश्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *