परिवारकै तीन जना सदस्यलाई खुकुरी प्रहार गरी फरार

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-०८

सिरिजंघा गाउँपालिका–७ याम्फुदिन भोटेगाउँका २२ वर्षीय लाक्पा शेर्पाले परिवारकै तीन जना सदस्यलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् । ६१ वर्षीया ठूलीआमा फुटिक भोटे, ३६ वर्षीय दाजु पासाङ भोटे र १८ वर्षका भाइ लाक्पाछिरिङ भोटेमाथि खुकुरी प्रहार गरेको वडाध्यक्ष टाशी शेर्पाले जानकारी दिए ।

ताप्लेजङका प्रहरी प्रमुख डीएसपी महेन्द्र श्रेष्ठका अनुसार बुधबार राति १० बजेसम्म सबैजना टेलिभिजन हेरेर बसेका थिए । सबै जना सुतेपछि उनले खुकुरी प्रहार गरेर फरार भएको उनले बताए ।

‘प्रहरी चौकीमा पनि राति ढिलोगरी मात्रै खबर आएछ,’ डीएपी श्रेष्ठले भने, ‘अभियुक्तको खोजीभन्दा पनि घाइतेहरुको प्राथमिक उपचारमा बिहानसम्म लाग्नुपर्यो ।’ घाइतेहरुको रगत धेरै बहेकाले उपचारका लागि उनिहरुलाई हेलिकप्टरबाट अन्यत्र लैजाने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष टीका गुरुङले वताए ।

जिल्ला प्रशासन कार्यालयले पनि हेलिकप्टरका लागि समन्वय गरिरहेको बताएको छ । बोकेर उपचारमा ल्याउन कठिन र टाढा भएकाले सकेसक्म हेलिकप्टरको प्रयास भएको डीएसपी श्रेष्ठले जानकारी दिए । अभियुक्तको खोजीका लागि बिहीबार बिहानैदेखि पाँचथरको चिवाभञ्ज्याङ र ताप्लेजुङका सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘बिहिबार बिहानै तेल्लोक इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थलमा गएको छ,’ श्रेष्ठले भने, ‘ताप्लेजुङको सिंकैचा, मामांखे र खेवाङको प्रहरी पनि परिचालित भइसकेको छ र पाँचथरको च्याङथापु प्रहरी चौकिसँग पनि समन्वय गरिसकेका छौं, आशा छ चाँडै पक्राउ पर्छ ।’

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *