आँखा कमजोर हुने व्यक्तिले अपनाउनुहोस् यी उपाय, पाउनुहुनेछ समस्याबाट राहत

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०६-०४

आँखा संवेदनशील छ । संसारभरका मानिसहरु मध्ये ७० प्रतिशत भन्दा बढी मानिसहरुले आँखाको समस्या झेलिरहेका हुन्छन् ।

आँखा पोल्ने, चिलाउने, दुख्ने, सुख्खा हुने, टाढा या नजिकको वस्तु नदेखिने आदि आँखामा आउने समस्याहरु हुन् । आधुनिक जीवनशैली प्रयोग भइरहेका मोबाइल, आइप्याड, कम्प्युटर जस्ता सामग्रीले आँखाको समस्या बढाइ रहेको छ ।

आँखामा समस्या हुँदा धेरै व्यक्तिले चस्मा लगाउने गरेका छन् । त्यस्तै, चस्माको झन्झटबाट मुक्त हुनको लागि केहीले लेन्स लगाउने गर्छन् ।

धेरैलाई आँखामा समस्या आइसकेपछि यसको पूर्ण उपचार हुन नसक्ने भन्ने लाग्छ । तर घरेलु विधिबाट नै आँखाको उपचार गर्न सकिन्छ । यसको लागि मसाज र खानपीनको शैली प्रयोग गर्नुपर्ने हुन्छ । आँखाको वरिपरिको भागमा औंलोको टुप्पोको सहायताले हल्का मसाज गर्नुपर्छ ।

बदामको तेल लगाएर मसाज गर्नु आँखाको लागि राम्रो हुन्छ । मसाज गर्दा गोलाकार शैलीले मसाज गर्नुपर्छ । मसाज गरिसकेपछि काक्रो र सोफको पेस्ट लगाउनुपर्छ । यो पेस्ट बनाउनको लागि सुरुमा सोफ भिजाउनुपर्छ। सोफ भिजिसकेपछी त्यसमा काक्रो पनि राखेर मिक्सरमा मिक्स गर्नुपर्छ ।

त्यसपछि उक्त पेस्टलाई केही मिनेट फ्रिजमा राखेपछि आँखामा लगाउनुपर्छ। उक्त पेस्ट तीस मिनेटसम्म राख्नुपर्छ ।

कम्प्युटरको अगाडी धेरै बस्ने व्यक्तिले हप्ताको तीन पटकसम्म पेस्ट लगाउँदा राम्रो हुन्छ । यो पेस्ट राती सुत्नुभन्दा अगाडी लगाउनुपर्छ। घ्युकुमारीको जुसले आँखाको समस्यालाई निको पारिदिन्छ।

आँखाको समस्या हुने व्यक्तिले घ्युकुमारीको जुस पिउनु राम्रो हुन्छ । त्यस्तै अमलाको जुस, गाँजरको जुस पनि आँखाको लागि फाइदाजनक हुन्छ।

पेटको समस्याले गर्दा पनि आँखामा असर पर्छ । त्यसैले अपच हुने किसिमका खानेकुराबाट टाढा रहनुपर्छ र धेरै पानी पिउने तथा फाइबरयुक्त खानेकुरा खाने गर्नुपर्छ।

(Visited 18 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *