रस अनलाइन खबर आज २०७७-०६-०४
बास्तु शास्त्र अनुसार घरको मुल ढोकाको बिशेष महत्व हुन्छ किन भने यो स्थानमा भगवानको सबैभन्दा पहिला कृपा दृष्टि पर्ने मानिन्छ । त्यस कारण घरको मुल ढोकाको अगाडि यी ४ चिज राख्नु हुँदैन । धेरै जसो मानिस घर सजाउन बिभिन्न किसिमका बिरुवाहरु लगाउने गर्दछन। जसमा मुख्य ढोका अगाडि काँडा भएका बिरुवा पनि लगाउने गर्दछन्।
यसो गर्नु हुँदैन किन भने यसबाट नकारात्मक उर्जा आउछ र आउन लागेको सकारात्मक उर्जा रोकिदिन्छ। त्यसकारण ढोका अगाडि कांडा भएको बिरुवा लगाउनु हुँदैन ।
घरको ढोका अगाडि भांचिएको कुर्सी वा पलङ राख्नु हुँदैन। भांचिएको कुर्सी वा पलङ राख्दा घरमा अशान्ती हुने मानिन्छ ।
घरको ढोका अगाडि फोहोरो वा माकुराको जालो हुनु हुँदैन । यसो भएमा भगवान देबी देवता घरमा आउँदैनन भनिन्छ ।
यदी घरको मुल ढोका अगाडिनै जुता चप्पल खोलेर राख्ने बानी छ भने हटाउनु होस ढोका अगाडि नै जुता चप्पल राख्दा माता लक्ष्मी प्रबेश गर्नुहुन्न भन्ने मान्यता रहेको छ।
मेन गेटको ठीक अगाडि एउटा ठूलो ऐना ठड्याउनुस् ताकि घरमा छिर्ने मान्छेको पूरा प्रतिबिम्ब त्यसमा आओस् । यसो गर्दा नकारात्मक ऊर्जा भएको मान्छे घरमा छिरेछ भने पनि त्यसका ऊर्जा फर्केर जाने विश्वास गरिन्छ ।
द्वारमा आशीर्वाद मुद्रा भएको हनुमानजीको मूर्ति वा तस्वीर लगाउँदा दक्षिणतिर फर्केको मूलद्वारको वास्तुदोष काटिन्छ ।
मूलद्वारमा पञ्चधातुको पिरामिड लगाउँदा पनि वास्तुदोष समाप्त हुन्छ ।मुख्य द्वारमा वास्तुदोष देखिएमा घन्टी वा विन्डचाइम झुण्ड्याउनुस् जसका कारण घरमा नकारात्मक ऊर्जा छिर्न पाउँदैन ।
घरमा तुलसीको बिरुवा रोप्नुस् र सन्ध्याकालमा दिनदिनै तुलसीका अगाडि दीप बाल्नुस् । सबैखाले वास्तु दोष सकिन्छन् ।घरवरिपरि हरियो दूबो उम्रेको छ भने दिनदिनै गणेशजीको प्रतिमामा चढाउनुस् । वास्तु दोष भाग्छ ।
सुख शान्तिका लागि घरको उत्तरी भागमा धातुबाट बनेको कछुवाको प्रतिमा राख्नुस् । घरमा नकारात्मक ऊर्जा आउन पाउँदैन ।मुख्य द्वारमा क्रिस्टल बल झुण्ड्याउनुस् र रातो रंगको फित्ता बाँध्नुस् । घरको मूलद्वार खोल्नेबित्तिकै भर्याङ छ भने भर्याङमा पर्दा लगाउनुस् । मुख्य प्रवेशद्वारबाहिर आफ्नो सामर्थ्य अनुसार रंगोली बनाउनु शुभ हुन्छ । यसले माता लक्ष्मीलाई आकृष्ट गर्छ र नकारात्मक ऊर्जालाई नजिकै ढिम्किन दिँदैन ।