रस अनलाइन खबर आज २०७७-०५-३०
डार्क सर्कल आँखा वरिपरि हुने कालो धब्बालाई भनिन्छ ।
वास्तवमा डार्क सर्कल एक गम्भीर स्वास्थ्य समस्या होइन । तर धेरै व्यक्तिहरूलाई आँखामुनि कालो घेराले उनीहरूलाई थकित, बूढा, वा अस्वास्थ्यकर देखाउने गरेको जस्तो महसुस हुन्छ ।
मुनिका डार्क सर्कलहरू प्रायजसो थकानले उत्पन्न हुन्छ । त्यसत्तै एलर्जी, एलर्जी राइनाइटिस, एक्जिमा, वंशानुगतता, पिग्मेन्टेसन, आँखा धेरै दल्दा, सूर्यको हानिकारक किरण तथा पोष्टिक खानाको कमी अन्य कारणहरू हुन् ।
उमेर बढेसँगै फ्याट र कोलेजेनको मात्रमा कमी आउँदा छाला पातलो हुन्छ । जसले आँखामुनिको रातो निलो रक्तनलीहरूलाई अझ प्रष्ट देखिने हुँदा पनि डार्क सर्कल जस्तो देखिन थाल्छ । मानिसहरूले आँखा मुनि डार्क सर्कल सफतापूर्वक कम गर्ने तथा हटाउनका धेरै तरिकाहरू छन् । तर, सबैको समस्या र सबैजना फरक हुने हुँदा केही तरिकाहरू काम नगर्न पनि सक्छन् ।
थकान र निद्राको अभावले आँखामा डार्क सर्कलहरू निम्त्याउने हुँदा हरेक रात सातदेखि आठ घण्टा राम्रो निद्रा लिनु महत्वपूर्ण हुन्छ । सुत्दा आँखाको तल हुने मोटो भाग (जहाँ धेरै डार्क सर्कल देखिन्छ) कम गर्न आफ्नो टाउको मुनि थप तकिया राखेर प्रयास गर्न सकिन्छ ।
कहिलेकाहीँ पातलो रक्तनलीहरूले आँखामुनिको ठाउँलाई गाढा पार्न सक्छ । केही चिसो कुराले सेक्दा रक्तनलीहरू संकुचित हुन सक्छ, जसको परिणामले डार्क सर्कलहरू कम हुँदै जान सक्छ । अनुहारमा सूर्यको जोखिम कम गर्नु पनि सबैभन्दा महत्वपूर्ण हुन्छ । धेरैजसो क्याफिन, भिटामिन–ई, रेटिनोक भएका मोइश्चराइजरको प्रयोगले समेत आँखामुनि हुने डार्क सर्कल हटाउन मद्दत गर्दछ ।
प्राकृतिक उपचारका लागि चिसो काँक्राको बाक्लो स्लाइसहरूलाई करिब १० मिनेटको लागि आँखामा राख्ने सल्लाह दिइन्छ । दिनमा दुई पटक यो तरिकाले डार्क सर्कलको समस्यालाई हटाउने गर्छ । साथै, डार्क सर्कललाई हटाउनका लागि बदामको तेल, भिटामिन–ई, भिटामिन–के तथा टी–ब्यागको पनि प्रयोग गर्न सकिन्छ ।