मानिसहरु किन घुर्छन र घुर्ने बानीलाई कसरी हटाउन सकिन्छ, जान्नुहोस

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२९

मान्यतया स्वाशप्रश्वासको नली साँघुरो भएर हावा राम्रोसँग सञ्चालन हुन सक्दैन र हामी घुर्ने गर्छौं । कहिलेकाही घुर्ने वानी सामान्य नै हो, तर हरेक निन्द्रामा घुर्ने वानीले भने स्वास्थ्यको दृष्टिकोणले हा’निकारक हुन सक्छ।

घुर्नुको कारणहरु के के हुन् ?

नाकको समस्या, पिनास वा एलर्जीको कारण नाकको भित्री भाग सुन्निएमा यसले हावाको प्रवाहमा असर गर्छ।

साथै नाकको दुई प्वाल विचको भाग (सेप्टम) बाङ्गिएको मानिसहरुमा पनि घुर्ने समस्या हुने गर्छ।

घाँटी र जिब्रोको मांसपेसीको समस्या, हाम्रो घाँटी र जिव्रोमा रहेका मांसपेशीहरु राम्रोसंग खुम्चिन नसक्ने स्थितिमा त्यो पछाडि सरेर हावा सञ्चालनहुने बाटो साँघुरो गरिदिंदा पनि घुर्ने समस्या आउँ सक्छ।

घाँटीको आकार, प्राय मोटो मानिसहरुमा बोसोले गर्दा यदि घाँटीको आकार ठूलो भएमा यसले पनि घुराइको समस्या निम्त्याउन सक्छ।

रक्सी, निन्द्रा लगाउने औषधी र बूढो हुदै गएपछि यसले समस्यालाई थप वल्झाउदै जान्छ।

सुताईको आसन नमिलेको खण्डमा पनि घुर्ने लक्षण देखिन सक्छ।

घुर्ने वानीले स्वास्थ्यमा के असर गर्छ ?

घुर्नु आफैमा एउटा रोग नभएर विभिन्न रोगहरुमा देखिने एउटा लक्षण हो।

त्यसैले यसको उपचारको निम्ति हामी स्वासप्रश्वासको कुन अं’गको खरावीले घुरिरहेका छौँ थाहा पाउन जरुरी हुन्छ।

घुर्ने वानी “स्लिप एप्निया” भनिने छोटो समय स्वासप्रश्वास बन्द हुने एक किसिमको रोगको पनि लक्षण हो।

राती सुत्दा घुर्ने वानीले हाम्रो निद्रालाई असर गर्छ।

त्यसले गर्दा दिउँसो आलस्य हुने, झ’र्को लाग्ने र काममा ध्यान केन्द्रित गर्न नसक्ने हुन सक्छ।

पछिल्लो केहि अध्ययनहरुको अनुसार लामो समय देखि घुर्ने वानी भएको मानिसहरुमा यसले मुटुको समस्या निम्त्याउन सक्छ । साथै यसले घाँटी भएर बग्ने रगतको नलीलाई पनि असर गर्न सक्छ । ​

घुर्ने वानीले गर्दा संगै सुत्ने मानिसको पनि निन्द्रामा असर गर्न सक्छ र यसले दुईजना विचको सम्बन्धमा पनि फाटो ल्याइ मानसिक समस्या निम्त्याउन सक्छ।

घुर्ने समस्याको उपचार

तौल घटाउने, मोटोपना पनि घुर्नुको एउटा कारण हो।

त्यसैले खानपान र व्यायममा विशेष ध्यान दिएर तौल घटाएमा घुर्ने वानी केहि हदसम्म कम हुन सक्छ।

सुत्नुअघि धुम्रपान र रक्सी सेवन नगर्ने।

सुत्ने आशन परिवर्तन गर्ने, उत्तानो परेर सुत्ने भन्दा कोल्टे फर्केर सुत्ने गर्नाले घुर्ने वानी कम हुन सक्छ।

घुर्नुको कारण पत्ता लगाएर त्यसको उपचार गर्ने।

औषधी, नाकमा छर्किने केहि औषधी चिकित्सकको सल्लाह मार्फत प्रयोग गर्न सकिन्छ।

शल्यक्रिया, माथि उल्लेखित विधिले पनि घुर्ने वानी कम गर्न नसकेमा केहि श’ल्यक्रियाका विधिहरु मार्फत यो समस्याको हल गर्न सकिन्छ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *