गाईको घिउबाट गरिने रोगको उपचार

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२५

स्वास्थ्यको दृष्टिकोणले गाईको घिउ सवैभन्दा पौष्टिक मानिन्छ । घिउ खाँदा कब्जित हटाउछ । गाईको घिउमा कोलेस्ट्रोल हुँदैन, जसबाट मोटोपन बढ्ने समस्या रहँदैन । घिउमा Conjugated Linoleic Acid पाइने हुनाले वजन कम गर्नका लागि गाइको घिउ प्रभावकारी मानिन्छ ।

नियमित गाइको घिउ सेवनले वजन बढाउँदैन बरु कम गर्छ । त्यस्तै गाईको घिउ खादा मुटुलाइ निकै फाइदा गर्छ । गाईको घिउमा थुप्रै भिटामिन हुने हुनाले घिउ खाँदा हड्डी बलियो हुन्छ । घिउमा एन्टी क्यान्सर, एन्टी भाइरल गुण हुने हुनाले बच्चा, बुढा वा जवान सबैको लागि फाइदाजनक छ । नियमित गाईको घिउ खानेलाई रोगले आक्रमण गर्दैन भनेको छ ।

यसमा पाईने भिटामिन र पोषक तत्वले शरीरलाई बलियो बनाउँछ र रोगप्रतिरोधक क्षमता बढाउँछ । घिउमा भिटामिन A, भिटामिन K2, भिटामिन E जस्ता पोषकतत्व पाईन्छ, जो हार्मोन निर्माण र सन्तुलनको लागि आवश्यक हुन्छ । गर्भवती महिलाका लागि पनि घिउको सेवन अत्यन्त उपयोगी मानिन्छ । अन्य घिउ खानुभन्दा गाईको घिउ खानु उत्तम मानेको छ ।

यस्ता छन् घिउका अन्य फाइदाहरु

१. पागल र मन्द मस्तिस्क बिरामीलाई गाईको घिउ ४ मानामा ८ माना जति घोड्ताप्रेको रस राखेर पकाउने पाक्दा पाक्दा ४ माना जति घिउ भएपछि उतारेर ठूलो मुख भएको सिसिमा राख्नुहोस् । आवश्यकताको समयमा १ चमच घिउ दिनमा २ पटक खान दिनुहोस् पागल पनि ठिक हुन्छ ।

२. गाईको घिउ पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नुहोस् । टाउको दुखेको बेलामा घिउ कंचटमा दल्नु ठीक हुन्छ ।

३. खानामा अरुची भएमा एक चमच भातमा राखेर खान दिनाले रूचि जगाउछ ।

४. आँखाको कमजोर हुनेहरूका लागी पनि गाईको घिउ नियमित सेवन गराउनाले राम्रो फाइदा गर्दछ ।

५. सेतो दुवी आएमा रायोको धुलोमा गाईको घिउ मिलाएर विहान बेलुका लगाउनाले यो रोग निको हुने भनेको छ ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *