रस अनलाइन खबर आज २०७७-०५-२५
बागलुङको ताराखोलामा बुधबार राति चट्याङ लागेर एक युवाको मृत्यु भएको छ ।
वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई उपचारका लागि गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा लगिएको थियो । उनलाई स्वास्थ्यकेन्द्रमा लगेकै समयमा मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताउनुभयो । चट्याङले उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ ।
(Visited 8 times, 1 visits today)