बैतडीमा स्वाब संकलनमा हिँडेका स्वास्थकर्मीमाथि दुर्व्यवहार

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२३

बैतडीमा कोरोना भाइरस परीक्षका लागि स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि नै दुर्व्यवहार भएको छ ।

ढुंगाड स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउँदका अनुसार जिल्लाको सिगास गाउँपालिका ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थकर्मी भुपेन्द्र बोहोरा माथि दुर्व्यवहार भएको हो ।

बोहोरा बल्लेखान स्वास्थ्य केन्द्रबाट वडा नम्बर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिँडेका थिए ।

स्थानीय भानसिंह बोहराले मदिरा पिएर आफूलाई दुर्व्यवहार गरेको र सम्झाउँदा हातपात गरेको पीडित भुपेन्द्र बोहोराले बताए ।

स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि बाटोमै हापात भएपछि अहिले स्वाब संकलन कार्य रोकिएको छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *