रस अनलाइन खबर आज २०७७-०५-२३
सरकारी छाप किर्ते गरेको आरोपमा प्रहरीले कैलालीमा एक जनालाई पक्राउ गरको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता एवम् डिएसपी प्रतिक विष्टका अनुसार पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ बस्ने ६३ वर्षीय ईश्वरीप्रसाद दाहाल रहेका छन् ।
उनी २०६५ सालमा जिल्ला मालपोत कार्यालय बर्दियामा कार्यरत हुँदा बर्दियामा रहेको नेपाल सरकारको नाममा रहेको जग्गालाई किर्ते लालपुर्जा बनाइ विभिन्न मानिसबाट आर्थिक लाभ लिएको अनुसन्धानबाट खुलेको थियो ।
२०७३ साल मंसिर ३० गतेको जिल्ला अदालत बर्दियाको फैसलाले उनलाई ३ वर्ष ५ महिना कैद तोकेको थियो ।
(Visited 8 times, 1 visits today)