लामो आयु चाहनुहुन्छ? बेस्सरी हिँड्नुस्

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-२१

तपाईं पैदलयात्रामा गति बढाएर जीवनका केही वर्ष थप्न सक्नुहुन्छ। अनि स्वस्थ जीवन जिउन सक्नुहुन्छ। वैज्ञानिकहरूका अनुसार, छिटाे हिँड्ने मान्छेले मृत्युको खतरालाई धेरै हदसम्म कम गर्न सक्छन्।

सुस्त गतिमा हिँड्नुभन्दा औसत गतिको हिँडाइले कुनै पनि कारणले हुने मृत्युलाई २० प्रतिशतसम्म कम गर्न सक्छ। तीव्र गतिबाट हिँड्दा यो खतरालाई २४ प्रतिशतसम्म कम गर्न सकिन्छ।

एक ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित रिपाेर्ट अनुसार, चालको गतिको प्रभावलाई बृद्धहरूमा बढी स्पष्ट रूपमा देखियो। औसत गतिमा हिँड्ने ६० वा त्यसभन्दा बढी उमेरका व्यक्तिहरूमा मुटुसम्बन्धी रोगबाट हुने मृत्युको जोखिममा ४६ प्रतिशतको कमी भएको पाइयो भने तीव्र गतिमा हिँड्नेहरूमा यो कमी ५३ प्रतिशत रह्यो।

अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका इम्मानुएल स्ट्यामाटाकिसले भने, ‘मानिसले तीव्र गथित अर्थात् प्रतिघन्टा पाँचदेखि सात किलोमिटर हिँड्नुपर्छ । तर यो हिँडाइ स्वास्थ्यस्तरमा पनि निर्भर रहन्छ । छिट्टो हिँडेर रोकिँदा तपाईंको सास फुल्यो वा तपाईंलाई पसिना आयो भने राम्रो ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *