पाल्पामा ढुंगा खसेर किच्दा एक महिलाको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-१७

पाल्पाको तिनाउमा माथिबाट खसेको ढुंगाले किच्दा एक महिलाको मृत्यु भएको छ।

मंगलबार साँझ तिनाउ गाउँपालिका वडा नम्बर ३ श्रीडाडामा माथिबाट खसेको ढुंगा लागेर माथागढी गाउँपालिका वडा नं ७ रहवासकी २९ वर्षीया समिक्षा चौहानको मृत्यु भएको हो।

प्रहरीका अनुसार, ढुंगाले थिचेर गम्भीर घाइते भएकी समिक्षाको उपचारको क्रममा बुटवलमा मंगलबार राति मृत्यु भएको हो।

त्यस्तै, उनकी ३ वर्षीया छोरी करिश्मा चौहान गम्भीर घाइते भएकी छन्। घाइते बालिकाको सिटी अस्पताल बुटवलमा उपचार भइरहको छ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *