रस अनलाइन खबर आज २०७७-०५-१७
पोखरामा बुधबार बिहान थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बुधबार बिहान पोखरामा कार्यरत एक नर्स र १७ प्रहरी सहित २४ जनामा कोरोना देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा तनहुँ शुक्लागण्डकी घर भई पोखराको अमरसिंह चोक स्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत २६ वर्षीय स्टाफ नर्स, पोखरा १७ मा कार्यरत २१ देखि ४२ वर्ष उमेर समुहका १७ जना प्रहरी, पोखरा १३ का २७ वर्षीय पुरुष र पोखरा १४ का ३० र ५७ वर्षका २ महिला रहेको निर्देशनालयले जनाएको छ ।
बुधबार बिहान नै लमजुङको सुन्दरबजारका ४ वटा वडाका २७ र ४८ वर्षीय पुरुष तथा ३० ४५ ४९ र ५७ वर्षका महिलामा कोरोना देखिएको छ ।
(Visited 11 times, 1 visits today)