चुरोट पिउनु भन्दा खतरनाक हुन्छ मोटोपनको समस्या, कसरी गर्ने नियन्त्रण ?

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-१५

एक सोधका अधारमा किशोरावस्थामा अत्यधिक मोटो हुँदा या दुब्लो हुँदा औसत आयु उत्ति नै कम हुन्छ, जति एक दिनमा दश चुरोट पिउँदा हुन्छ ।

स्वीडेनका सोधकर्ताले १८ वर्षदेखि ३८ वर्षसका पुरुषमा गरेको एक सोधका अनुसार यस्तो नतिजा आएको हो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटो हुनु या दिनको दश खिल्ली चुरोट पिउनु भनेको आफ्नो आयु घटाउनु हो।

रिपोर्टका अनुसार धेरै वजन हुनु, कम तौल हुनु या दश खिल्ली चुरोट एकै दिनमा खानुले तीस प्रतिशत आयु घटाउँछ । अर्को कुरा धुम्रपान नगर्ने मोटो व्यक्तिका लागि पनि उत्तिकै खतरा छ, जति धुम्रपान गर्ने मोटो मान्छेलाई छ ।

अध्ययनमा १९४९ देखि १९५१ का मा जन्मेका ४५९२० व्यक्तिको बीचमा शोध गरिएको थियो । अध्ययनका अनुसार सामान्य तौल हुनेमध्ये ३ हजारको मृत्यु भएको थियो, जो अरु श्रेणीमा मर्नेवालामध्ये सबैभन्दा कम संख्या थियो।

सोध गर्ने दलका डाक्टर मार्टिन नियोवियसले भनेका छन्, ‘सामान्य तौल हुने नवयुवकको तुलनामा धेरै मोटो हुनेको छिटो मृत्यु हुने सम्भावना कम हुन्छ, मोटोपनको शिकार ५० प्रतिशतभन्दा बढी देखियो ।’

किन बढ्छ मोटोपन ?

मोटोपन बढ्नुको प्रमुख कारण गलत जीवनशैली र खानपान नै हो। तथापी कतिपय अवस्थामा वंशानुगत कारणले पनि मोटोपन बढ्ने गर्दछ।

केहीमा थाइराइड लगायतका रोगले पनि मोटोपन बढ्दछ भने कतिपयमा औषधीको सेवनले पनि मोटोपन बढ्दछ।

कसरी घटाउने मोटोपन ?

१) केहि मानिस मोटोपना कम गर्न खाना कम गर्दछन् तर कम खादैमा मोटोपन कम हुदैन । बरु स्वस्थ्य एवं पोषणयुक्त खानाको सेवनबाट मोटोपन घट्न सक्छ ।

२) मोटोपन घटाउने अर्को उपाय भनेको कार्बोहाइड्रेडयुक्त खानाभन्दा फलफूल, सागसब्जी खानु हो । यस्ता खानेकुराले शरीरमा आवश्यक पोषण भर्नुको साथै मोटोपन कम गर्छ ।

३) सकेसम्म बजारमा पाइने जंकफूड, प्रशोधित खानेकुरा, चिल्लोयुक्त भोजन कम गर्नुपर्छ ।

४) दिनमा एक वा दुइ पटक भोजन गर्दैमा मोटोपन घट्दैन । बरु दिनभरमा ४र५ पटक गरेर थोरै थोरै भोजन गर्नु उत्तम हुन्छ । एकै पटक धेरै खादाँ मोटोपन बढ्छ ।

५) मोटोपना बढाउने कारक भनेको तारेको, भुटेको, मसलेदार खानेकुराहरु हुन् । त्यसैले यस्ता खानेकुराको सट्टामा उसिनेको खानेकुरा सेवन गर्नुपर्दछ ।

६) उसिनेको सागसब्जी, यसको रस, फलफूल वा सलाद लगायतका खानेकुरा खाएमा मोटोपन कम हुदैं जान्छ।

७) दैनिक जीवनमा हामीले अनिवार्य शारीरिक परिश्रमयुक्त काम वा ब्यायाम गर्नुपर्दछ।

८) बिहान चाडै उठ्ने, बेलुकी चाडै सुत्ने, राति अबेरसम्म नबस्दा पनि मोटोपन कम हुन्छ।

९) एकै स्थानमा लामो समय नबस्ने छिनछिनमा शारीरिक क्रिया गर्दा पनि मोटोपन कम हुन्छ।

१०) मदिरापान तथा मदिरापानका क्रममा गरिने स्न्याक्सको सेवनले पनि मोटोपन बढ्दछ ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *