कोरोनासँग लड्ने क्षमता बढाउन प्रशस्त सुत्नुपर्ने, निन्द्रा पुर्याएका मान्छेले सजिलै जित्न सक्छन् कोरोनालाई

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-१५

नस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण र यसबाट बच्ने बिभिन्न उपायहरुको बारेमा जानकारी दिएका छन् । डा पाण्डेले राति पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुने सुझाव दिएका छन् ।

कोरोना संक्रमणलगायतका रोगहरुसंग लड्न निद्राको ठूलो भूमिका छ । रातिको समयमा पर्याप्त सुत्ने व्यक्तिको इम्युनिटी पावर राम्रो हुन्छ ।

हामी सबैले अनुभव गरेका छौं कि निद्रा नपुगेका दिनमा हामी दिनभर ताजगी अनुभव गर्न सक्दैनौं । हाम्रो जोश, जाँगर, उमंग तथा उत्साह मुर्झाएको हामीले अनुभव गर्दछौं । त्यस्तै राम्रोसंग निद्रा परेको समयमा हामी आफुलाई निकै स्वास्थ्य अनुभव गर्दछौं । हाम्रो पूर्वीय दर्शनमा निद्रालाई आहार जत्तिकै महत्व दिइएको छ ।

हामी रातिमा ७–९ घण्टा सुत्यौं भने मेलाटोनिन नामक हर्मोनको उत्पादन राम्रो हुन्छ, जसले गर्दा हामी खुसी हुन्छौं साथै रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।

हामी कति घण्टा सुत्नुपर्छ रु
१४–२५ वर्षको उमेरको व्यक्तिलाई ८–१० घण्टा
२६–६४ वर्षको व्यक्तिलाई ७–९ घण्टा
६५ वर्ष तथा सो भन्दा धेरै उमेरका व्यक्तिलाई ७–८ घण्टा

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *