रस अनलाइन खबर आज २०७७-०५-१२
रुपन्देहीको सैनामैना नगरपालिका –५ स्थित बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा एकजना पैदल यात्रुको अकालमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सैनामैना –६ का १६ वर्षीय विनोद विक रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिनुभयो । उहाँका अनुसार वीरगञ्जबाट धनगढीतर्फ जादै गरेको ना ६ ख ५७०२ नम्बर को ट्रकले अज बिहान विकलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको र उनको लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्युभएको हो । प्रहरीले चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।
(Visited 13 times, 1 visits today)