रस अनलाइन खबर आज २०७७-०५-१२
तपाइँ कत्तिको मोबाइल चलाउनुहुन्छ ? धेरै मोबाइल खेलाइरहने वा पटक पटक मोबाइल हेरिरहने बानी छ भने सावधान हुनुहोस् । किनकी धेरै मोबाइल हेर्नु मानसिक स्वास्थ्यका लागि हानिकारक हुने एक अनुसन्धानले देखाएको छ ।
अमेरिकाको टेम्पल विश्वविद्यालयका शोधकर्ताहरुले गरेको नयाँ शोध अनुसार पटक पटक फोन खेलाइरहने तथा हेरिरहने बानीले मानिसको सन्तुष्टि प्रक्रियालाई नै प्रभावित पार्दछ ।
शोधकर्ता मनोवैज्ञानिक हेनरी विल्मर तथा जेसनले यो अध्ययनका माध्यमबाट स्मार्टफोन तथा मोबाइल प्रविधिको बढि भन्दा बढि प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने दुष्प्रभावका प्रति राम्रो बुझाइ विकशित गर्ने कोसिस गरेका छन् ।
शोधका क्रममा विभिन्न ९१ वटा कलेजका विद्यार्थीहरुलाई लिखित तथा मौखिक रुपमा विभिन्न प्रश्नहरु सोधिएको थियो । शोधकर्ताहरुका अनुसार सजिलोसँग प्रयोग गर्न सकिने इलेक्टि्रक उपकरणहरुको अधिक प्रयोगले मानिसको स्वास्थ्य तथा मस्तिष्कमा नराम्रो असर पार्दछ ।
स्पि्रन्जर पत्रिकामा छापिएको शोध अनुसार बारम्बार फोन चेक गर्ने वा लामो समयसम्म मोबाइल फोन चलाइहने बानीले मानिसमा अनियन्त्रित आवेगलाई बढाउने र मानिसलाई प्रतिफल मिलेपछि प्राप्त हुनुपर्ने सन्तुष्टिको स्तरलाई प्रभावित गर्दछ ।