यस्ता छन् फाईदाहरु, अम्बाको पात खानुहोस्

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-११

नेपालको जुनसुकै भु–भागमा अम्बाको बिरुवा हुन्छन् । अम्बालाई कतिपयले बेलाउती पनि भन्ने गर्छन् ।

घर वरपर सजिलै भटिने र फल्ने फल मध्ये अम्बा पनि एक हो । यसलाई हर्काउन वा फलाउन त्यति धेरै मेहेनत गर्नुपर्दैन ।

हामी मध्ये धेरैले अम्बाको फल मात्र खाने गर्छौ । धेरैलाई अम्बाको पातका गुणको बारेमा थाहा नहुन पनि सक्छ ।

एक अध्ययनले अम्बाको फलभन्दा बढी पात उपयोगी हुने बताएको छ । अम्बाको पातमा दर्जनौँ रोगलाई निको पार्न सक्ने गुण हुन्छ ।

यस्ता छन् अम्बाको पातका फाईदाहरुः

यदि तपाई डन्डिफोरको समस्याबाट हैरान हुनुहुन्छ भने अम्बाको पात पिसेर अनुहारमा दल्नुहोस् । यसले तपाईको अनुहार चम्किलो बनाउन मदत गर्छ ।

अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने तथा सुन्निने समस्यालाई समाधान गर्छ ।

त्यस्तै अम्बाको पातको सेवनले मुखको छालालाई स्वस्थ र सुरक्षित बनाउछ तथा कपालको विकासमा पनि फाइदा पुर्याउँछ ।

अम्बाको पातको प्रयोगले मोटोपनको समस्या भएकालाई तौल घटाउन सहयोग गर्छ ।

अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई सफा हुन्छ । अम्बाको पातले पाचन प्रणालीलाई पनि व्यवस्थित राख्ने काम गर्छ ।

यसले दाँत र घाँटीको दुखाइलाई पनि निको पार्छ ।

(Visited 27 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *