गोरखा २ बाट एमालेले चक्रे मिलनलाई अघि सार्‍यो

सेयर गर्नुहोस्

काठमाडौं- गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनलाई एमालेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार पनि सिफारिस गरेको थियो ।

यस पटक पनि उम्मेदवारमा सिफारिस भएपछि उनले यो निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा जनसमुदाय, युवा तथा जेन-जी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको दाबी गरेका छन् ।

गुरुङले आफू वि.सं. २०५० सालतिरदेखि नै एमालेमा सक्रिय रहँदै आएको बताएका छन् । ‘पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील छु’ उनले भनेका छन्, ‘समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएकाले गोरखाली जनताले मलाई जिताएर संसद्मा पठाउनेमा ढुक्क छु ।

एमाले नेता-कार्यकर्तालाई लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आए पनि उनी पटक पटक गुण्डार्दी आरोपमा समातिएका छन् ।

‘कहिलेकाहीँ मलाई ‘गुण्डा’ जस्ता आरोप लगाएर दुःख दिने प्रयास भएको छ’ उनी भन्छन्, ‘म एक साधारण नागरिकका रूपमा समाजसेवामै समर्पित रहेको छु । म समाजसेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइयो ।

चक्रेमिलन सिफारिस गोरखा २ बाट २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड विजयी भएका थिए । तर फागुन २१ को निर्वाचनमा उनी त्यहाँबाट नलड्ने सम्भावना बलियो छ । प्रचण्डले २०७९ मा जितेको यही क्षेत्रमा एमालेले चक्रे मिलनको नाम अघि सारेको हो ।

गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै युवा संघका केन्द्रीय सदस्य एवम् गोरखानिवासी प्रविण अधिकारीले जो कोही निस्वार्थ राजनीति र समाजसेवाका लागि अघि बढ्छन् भने गोरखामा स्वागत गर्नुपर्ने बताए ।

आज गोरखाका आमयुवा मात्रै होइन, जेन-जी पुस्ताको समेत साझा उम्मेदवारका रूपमा मिलन गुरुङलाई हेरिएको छ। युवाको वास्तविक आवाज संसद्सम्म पुर्‍याउन उनी सक्षम नेतृत्व हुन्’ उनी भन्छन् ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *