नेपाल समाचार
-युक्रेनको राजधानी कीभस्थित स्वतन्त्रता चौकनजिकै रहेको सरकारी भवनमा आगलागी भएको छ । उक्त कुराको पुष्टि किभका मेयर भिताली क्लिच्कोले गरेका छन् ।
युक्रेनको राजधानी कीभमा रहेको त्यहाँस्थित सरकारीको मुख्य भवनलाई रूसी ड्रोनले निशाना बनाएको कीभका मेयर भिताली क्लिच्कोले आइतबार बताएका हुन्।
युक्रेनी सञ्चारमाध्यमहरूले राजधानीका विभिन्न स्थानहरूमा आक्रमण भएको खबर दिएका छन्। क्लिच्कोले टेलिग्राममा लेख्दै भनेका छन्, ‘ड्रोन खसालिएपछि एक सरकारी भवनमा आगलागी भएको छ।’
युक्रेनी समाचार एजेन्सी युनियन (युएनआईएएन) ले स्वतन्त्रता चौकनजिकै रहेको भवनबाट धुवाँको मुस्लो उडिरहेको देखिने भिडियो सेयर गरेको छ।
(Visited 193 times, 1 visits today)