नेपाल समाचार
-चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनमा सिन्धुपाल्चोककी गंगा सोनाम विजेता बनेकी छन्। आइतबार राति राजधानीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारिन्।
सोनामले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन्। सोही अवसरमा फस्ट रनरअप घोषित बबिता थापामगरले १० लाख रुपैयाँ जितिन् भने सेकेन्ड रनरअप दर्शना गान्धारीले ५ लाख रुपैयाँ हात पारिन्।
त्यस्तै, अभिनय खाती र मृनल मानन्धरले चौथो तथा पाँचौं स्थान हासिल गर्दै दुवैले १–१ लाख रुपैयाँ प्राप्त गरेका छन्।
फिनालेमा गंगा सोनाम, बबिता थापामगर, दर्शना गान्धारी, अभिनय खाती र मृनल मानन्धरबीच कडा प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रस्तुति र दर्शकको भोटका आधारमा अन्ततः सोनाम विजेता बनेकी हुन्।
(Visited 27 times, 1 visits today)