यसरी बन्नुहोस् सुन्दर र आकर्षक बिना मेकअप

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-११

युवायुवतीहरु सुन्दर र आकर्षक बन्नको लागि अनेकौ मेकअपहरु गर्ने गर्छन् । यसका लागि युवतीहरु ब्युटीपार्लर तथा यूवकहरु सैलुन तिर धाउने गर्छन् । तर मेकअपले मात्रै सुन्दर बन्न सकिदैन् ।

त्यसका लागि आज हामी केही उपयोगी जानकारीहरु प्रस्तुत गर्दैछौंः

– अनुहार, गर्दनका साथै हातखुट्टामा मॉइस्चराइजरको प्रयोग गर्नुहोस् । यसले तपाईको छालामा भएको चाउरीपन हटाउन मद्दत गर्छ ।
– नियमित प्रशस्त मात्रामा पानी पिउनु होस् । पानीले शरीरका बिकार तत्व बाहिर निकाल्न मद्दत गर्छ भने छालालाई आकर्षक र सुन्दर बनाउँछ ।

– नियमित रुपमा सफा पानीले अनुहार धुने हुर्नुहोस् । कम्तिमा दिनमा ३ देखि चार पटक अनुहार धुने गरेमा अनुहारमा धूलो तथा फोहर जम्न पाउदैन ।

– दैनिक कपाल धुने गर्नुहोस् । त्यस्तै सुहाँउदो र समय समयमा कपाल काट्ने गर्नुहोसे । यसले तपाईलाई सुन्दर र आकर्षक देखिन मदत गर्छ ।

– नियमित रुपमा तातो पानीमा कागतीको रस राखेर पिउनुहोस् । यसो गर्नाले तपाईको छालामा चम्कता आउँछ ।

– नियमित रुपमा स्वस्थ र मौसम अनुसारका ताजा फलफूलका साथै हरिया सागसब्जीको सेवन गर्नुहोस् ।

– समयमा सुत्ने र उठ्ने गर्नहोस् । शरीरलाई आवश्यक परे अनुसार सुत्नुहोस् । यसले स्वास्थ्य तथा सुन्दरताका लागि फाइदा पुर्याउँछ । अनिदो भए बिरामी पर्न सकिन्छ भने सुन्दरतामा कमी आउँछ ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *