इष्टुको तस्बिर फेरि भाइरल !

सेयर गर्नुहोस्

नेपाल समाचार 

-पछिल्लो समय सामाजिक सञ्जालमा महिलाको पहिरनलाई लिएर टिप्पणी र गाली गलौच गर्ने क्रम बढेको छ । यस्ता टिप्पणीका कारण कतिपय अवस्थामा महिलाहरु तनावमा समेत पर्ने गरेका छन् ।

चर्चित कलाकार एवं मोडल इष्टु कार्की यसअघि माईपोखरीमा खिचेको तस्बिरका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी थिइन् ।

यसपटक कार्कीले स्विमिङ पुलमा विकिनी लगाएर खिचेका केही तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।
‘विकिनी सिजन इज माई रिजन’ देखेर उनले पोस्ट गरेका तस्बिरहरुलाई लिएर उनीमाथि गालीको वर्षा गरिएका कमेन्टहरु आएका छन् ।

नेपाली समाज खुलापनतिर अघि बढिरहेको छ । विकसित देशमा महिलाले छोटा लुगा लगाएर हिँड्दा समान्य रुपमा लिने गरिन्छ । तर, नेपाली समाजमा भने महिलाको पहिरनलाई लिएर लागीगलौच गर्ने क्रम अझैसम्म यथावत नै छ ।

स्विमिङ पुलमा महिला पुरुषहरु सामुहकि रुपमा पौडी खेल्छन्, जसलाई सामान्य रुपमै लिने गरिन्छ ।

एकजना कलाकारले स्विमिङ कस्टम लगाएको खिचेको तस्बिरलाई आजको सभ्य समाजमा सामान्य रुपमै लिने हो कि ? यस्तो तस्बिरमाथि आलोचना गरेर कमेन्ट गर्दा आफ्नै सांस्कृतिक स्तर पो प्रदर्शित हुने हो कि ? पुरुष जगतले सोच्नुपर्ने देखिन्छ ।

(तस्बिर स्रोत : इष्टु कार्कीको फेसबुक)

(Visited 92 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *