ट्रम्पसँग कुरा गरेर आफ्नै अपमान गर्दिनँ : लुला

सेयर गर्नुहोस्

नेपाल समाचार 

-ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेका छन् । समाचार संस्था रोयटर्ससँगको कुराकानीका क्रममा लुलाले ट्रम्पसँग कुरा गर्नु ‘अपमान हुने’ बताए ।

हाल अमेरिकाले ब्राजिलबाट आयात हुने सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाएको छ । ब्राजिलले यसको बदलामा अमेरिकी सामानमा भन्सार शुल्क बढाउने कुनै घोषणा नगर्ने पनि उनले बताए ।

उनले मन्त्रिपरिषद् स्तरमा अमेरिकासँग कुरा भइरहेको पनि लुलाको भनाइ छ । यद्यपि उनले ह्वाइट हाउसमा फोन गरेर ट्रम्पसँग वार्ता गर्न भने अस्वीकार गरेका छन् ।

‘जब मेरो भित्रि मनले ट्रम्प कुरा गर्न तयार रहेको भन्छ, म उनलाई फोन गर्न हिचकिचाउने छैन ।’ उनले भने, ‘तर आज मेरो भित्रि मनले उनी कुराकानीका लागि तयार छैनन् भन्छ । र, म आफ्नै अपमान गर्दिनँ ।’

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *