कोरोनाका कारण पोखरामा ३२ वर्षीया महिलाको मृत्यु

सेयर गर्नुहोस्

रस अनलाइन खबर आज २०७७-०५-११

पोखरामा उपचाररत एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा -११ की ३२ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

भदौ ७ गते कोरोना पुष्टि भई प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्र को आइसीयुमा उपचाररत महिलाको बिहीबार बिहान ८ बजे उपचार कै क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

संक्रमित महिलामा कोरोना भन्दा बाहेकका अन्य कुनै रोगको लक्षण नदेखिएको डा. आचार्यले बताउनुभयो । “उहाँमा कोरोनाकै लक्षणहरु थिए, अन्य रोग केहि देखिएको थिएन” , डा. आचार्यले पोखरा न्यूज सँग भन्नुभयो “भेन्टिलेटरमा राखेर उपचार ररिरहेका थियौ, आज बिहान मृत्यु भयो।”

यस अघि मृत्यु हुने व्यक्तिहरुमा कुनै न कुनै खालका अन्य जटिल तथा दिर्घ रोग भएको भएपनि आज मृत्यु भएकी महिलामा त्यस्तो अन्य जटिल समस्या नरहेको डा. आचार्यले बताउनुभयो ।

प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा कोरोनाबाट हालसम्म ५ जनाले ज्यान गुमाएका छन् ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *