गाजामा २४ घण्टामा १११ जना मारिए : अमेरिकी दूतको भ्रमणपछि युद्ध विरामको सम्भावना

सेयर गर्नुहोस्

नेपाल समाचार 

-मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफले गाजाको भ्रमण गर्ने भएका छन्। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटका अनुसार इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबे र उनले सँगै शुक्रबार गाजाको भ्रमण गर्ने छन्। लेभिटले अहिले इजरायलमा रहेका विटकोफले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग गरेको वार्ता उपलब्धिमूलक भएको बताएकी छिन्।

बिहीबार गाजाको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १११ जना मारिएका छन्। यसमा ९१ जना राहतको खोजीमा रहेको समयमा मारिएका हुन्।

बुधबार उत्तरी गाजामा खाने कुरा लिन लाइनमा बसिरहेको समयमा आक्रमण हुँदा एकै पटक ५० प्यालेस्टाइनी मरिएका थिए भने चार सय जना घाइते भएका छन्। खान लिएर लरी आइपुगेपछि त्यहाँ झुम्मिने गरेको भीडलाई लक्षित गर्दै आक्रमण गरेको जनाइएको छ।

इजरायलले भने बन्दी रिहाइ र युद्ध विराममा थप पहल नभए अझ कडा कारबाही गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अहिले गाजामा मान्छे मर्नेक्रम रोक्ने सबै भन्दा सही उपाय नै हमासले बन्दी रिहाइ गर्नुका साथै आत्मसमर्पण गर्नु भनेको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

(Visited 33 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *