भारत विरुद्धको टेस्ट इंग्ल्यान्डका कप्तान स्टोक्सले नखेल्ने

सेयर गर्नुहोस्

नेपाल समाचार 

-इंग्ल्यान्डले भारतसँग बिहीबार ओभलमा पाँचौ टेस्ट खेल्दैछ। यो टेस्टमा इंग्ल्यान्डले कप्तान बेन स्टोक्सलाई गुमाउने भएको छ। स्टोक्सको पाखुराको चोट बल्झिएपछि उनी मैदान बाहिर रहने भएका हुन्।

स्टोक्सको अनुपस्थितमा ओली पोपले टोलीको नेतृत्व गर्ने छन्। ज्योकोब बेथेल, गुस एटकिन्सन, जेमी ओभरटन र जोस टेंगुले यस टेस्टमा मौका पाउने छन्। जोफ्रा आर्चर र ब्रायडन कर्ष तथा लियाम डाउसनलाई पनि यस टेस्टमा आराम दिइएको छ।

मुख्य प्रशिक्षक ब्रेन्डन म्याककुलुम र टिम चिकित्सकसँग सल्लाह गरेपछि स्टोक्स खेल्ने निर्णय सहित ओभल पुगेका हुन्। त्यहाँ पुगेपछि उनले दुखाइको महसुस गरेपछि मैदान बाहिर रहने निर्णय लिएका हुन्। उनी २१ नोभेम्बरमा सुरु हुने अस्ट्रेलियासँगको पहिलो एसेससम्म ठिक भइसक्ने अनुमान गरिएको छ। म्यानचेस्टरमा भएको चौथो टेस्टको अन्तिम दिन पनि स्टोक्सले ११ ओभर मात्र बलिङ गरेका थिए।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *