ओलम्पिक च्याम्पियनको हिमाल आरोहणको क्रममा निधन

सेयर गर्नुहोस्

नेपाल समाचार 

-दुई पटककी ओलम्पिक विजेता लाउरा डाल मेयरको हिमाल आरोहणको क्रममा निधन भएको छ। पाकिस्तानको लैला हिमाल आरोहण गरिरहेको समयमा पहिरोमा पुरिएर उनको निधन भएको हो।

३१ वर्षीया राउराको पहिरोमा पुरिएर निधन भएको जर्मन ओलम्पिक कमिटीले पुष्टि गरेको छ। सोमबार बिहान डालमेयरसँगै हिमाल आरोहण गरिरहेकी मारिना इभाले खबर पठाएपछि तत्काल उनको उद्धार कार्य सुरु भएको थियो।

डाल मेयरले सन् २०१८को शीतकालीन ओलम्पिकमा स्प्रिन्ट र पर्सुटमा नै स्वर्ण पदक जित्दै कीर्तिमान कायम गरेकी थिइन्। त्यसको एक वर्ष पछि उनी विश्व च्याम्पियनसिपमा ५ स्वर्ण पदक जित्दै कीर्तिमान कायम गर्न सफल भएकी थिइन्।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *