रस अनलाइन खबर आज २०७७-०५-१०
पोखरा महानगरपालिकामा बुधबार बिहान थप १ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान तेस्रो चरणमा सार्वजनिक गरेको विज्ञप्ति अनुसार पोखरा – १४ का ५८ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनमा कोरोना देखिएको हो । कोरोना पुष्टि भए सँगै उनलाई आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ४६ पुगेको छ ।
(Visited 13 times, 1 visits today)