कप्तानको शतकसँगै भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

सेयर गर्नुहोस्

नेपाल समाचार 

-भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको छ। इंग्ल्यान्डले दोस्रो पारीमा ५ विकेटको क्षतिमा ३२४ रन जोड्दै पारी समाप्तिको घोषणा गर्दै ३५५ रनको लक्ष्य दिएको थियो। भारतले खेलको समाप्ति हुँदा ६ विकेटको क्षतिमा २९० रन जोडेको हो।

भारतका लागि कप्तान आयुश महात्रेले ८० बलमा १२६ रन जोडे। उनको धुवाँदार ब्याटिङमा १३ चौका र ६ छक्का समावेश थियो। अभिज्ञान कुन्डुले ४६ बलमा ६५ रन जोडे। इंग्ल्यान्डका राल्फी अल्बर्टले ४ विकेट लिए। अल्बर्टले पहिलो पारीमा पनि ६ विकेट लिएका थिए।

दोस्रो पारीमा भारतका लागि बेन ड्वकिन्स र एडम थोमसले १८८ रनको साझेदारी गरेका थिए। ड्वकिन्सले १३ तथा थोमसले ९१ रन जोडे।

(Visited 18 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *