ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो

सेयर गर्नुहोस्

नेपाल समाचार 

-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपतिलाई सामान्य नागरिकका रूपमा पार्टी गतिविधिमा सहभागी हुन संविधान वा एमालेको विधानले रोक्ने प्रावधान नरहेको जिकिर गरेका छन् ।

बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा पोखरेलले भने “राजनीति गर्न नपाइने भए संविधान वा विधानमा स्पष्ट उल्लेख हुनुपर्थ्यो, पार्टीका निर्णयहरू पनि त्यसैअनुसार हुनु जरुरी छ ।”

पोखरेलले भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइएको दाबी गरेका छन्। पोखरेलले २०८१ सालमै भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको जानकारी दिए। “उहाँको ६४१ नम्बरको पार्टी सदस्यता छ, वेबसाइटमा देखाइएको विवरण राति हटाइएको भन्ने कुरा सुनेको छु,” उनले भने।

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिन केन्द्रीय कमिटीले निर्णय सुनाए पनि त्यो स्थायी रुपमा अन्तिम निर्णय नभएको स्पष्ट पार्दै पोखरेलले भने, “एकपल्ट निर्णय सुनाइयो भन्दैमा विषय क्लोज भयो भन्ने मलाई लाग्दैन। यो त पार्टीभित्र बहस र सरसल्लाहको विषय हो।”

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *