नेपाल समाचार
-भारतीय यूथ टोलीसँगको दोस्रो टेस्टमा इंग्ल्यान्डको यूथ टोली बलियो अवस्थामा पुगेको छ। पहिलो पारीमा ३० रनको अग्रता लिएको इंग्ल्यान्डले दोस्रो पारीमा बिना कुनै विकेटको क्षति ९३ रन जोडेको छ।
इंग्ल्यान्डका एडम थोमसले ५० रन जोडेका छन्। ड्वकिन्सले ४२ रन बनाएर खेलिरहेका छन्। यसअघि इंग्ल्यान्डले पहिले पारीमा ३०९ रन बनाएको थियो भने भारतले २७९ रन जोडेको थियो।
भारतीय पारीमा बिहान मलहोत्राले १२० रन पनि समावेश थियो। मलाहेत्रापछि सबै भन्दा धेरै रन प्रहार गर्ने भारतीय ब्याटरमा आयुश महातवरे रहे। उनले ८० रन जोडे। भारतका पाँच ब्याट्सम्यान शून्यमा आउट भए। इंग्ल्यान्डका राल्फी अल्बर्टले ६ विकेट लिए।
(Visited 27 times, 1 visits today)