पोखरामा नवजात छोरा मारेर सडकमा फालेका बुवा १० महिनापछि पक्राउ

सेयर गर्नुहोस्

नेपाल समाचार 

-पोखरामा आफ्नै नवजात शिशुको हत्या गर्ने  बुवा १० महिनापछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले नवजात शिशुको हत्या गरेका नुवाकोट बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई पोखरा नागढुङ्गा बस्ने ३७ वर्षीय गोविन्द लामिछानेलाई आइतबार पोखरामा पक्राउ गरेको हो ।

गत वर्षको असोज १३ गते पोखरा महानगरपालिका–१४ चाउथे स्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेका थियो ।

जेब्रा झोलामा भेटिएको नवजात शिशुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि शिशुको घाँटी र टाउकोमा चोटका कारण मृत्यु भएको रिपोर्टपछि शिशुको बुवाले नै हत्या गरेको खुल्न आएपछि लामिछानेलाई १० महिनापछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

श्रीमतीलाई सुत्केर बेथा लागी उपचारको लागि जाँदा पक्राउ परे लामिछाने

श्रीमतीलाई अहिले फेरि सुत्केरी  गराउन गण्डकी हस्पिटल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा) मा लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

आफ्नो आर्थिक अवस्था दयनीय भएकाले पालन पोषण गर्न नसक्ने भएकाले छोरालाई मारिदिएको उनले प्रहरीलाई बयान दिएको कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले जानकारी दिए । लामिछानेले यस्तो बताएपनि अन्य कारण के हुनसक्छ? भन्नेबारे अनुसन्धान जारी रहेको उनले बताए ।

एसपी ओलियाका अनुसार गोविन्दकी श्रीमती शुभद्रा लामिछानेले अस्पतालमै फेरि अर्को बच्चा जन्माएको र प्रहरीले गिरानीमा राखेको छ ।

(Visited 37 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *