नेपाल पुलिसकी तेक्वान्दो खेलाडी रमिलाले जितिन् अन्तर्राष्ट्रिय स्वर्ण पदक

सेयर गर्नुहोस्

नेपाल समाचार 

-नेपाल पुलिस क्लबकी तेक्वाण्डो खेलाडी रमिला लामाले कोरियामा जारी सङ्नामकोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप– २०२५ मा स्वर्ण पदक जितेकी छिन् ।

यही साउन ३ देखि कोरियामा जारी देइगु वल्र्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपको पुम्से काता अन्तर्गत ३० वर्ष मुनीको उमेर समूहमा उनले कोरियाली खेलाडीलाई तेस्रो सेटमा पाखा लगाउँदै उपाधि चुमेकी हुन् ।

कोरियामा तेक्वान्दो संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न मुलुकका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

उपाधि जितेपछि प्रतिक्रिया दिँदै लामाले जितले आत्मविश्वास बढाएको र भावी दिनहरूमा थप उत्कृष्ट नतिजा निकाल्न मेहेनत गर्ने बताइन् ।

काभ्रे बेथानचोककी लामाको जितमा बेथानचोक गाउँपालिकाले बधाई व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले रमिलाको जितले गाउँपालिकाको शान बढाएको प्रतिक्रिया दिए । उनले सामाजिक सञ्जाल मार्फत रमिलाको जितप्रति बधाई व्यक्त गरेका हुन् ।

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ स्थित टाङ्गी टोल निवासी झ्यामयाङ्ग लामा तथा माता मानकुमारी लामाकी सुपुत्री रमिलाले नेपाल पुलिस क्लबमा पनि विभिन्न उपाधि चुमिसकेकी छिन् ।

उनले च्याल्टीको आत्मा विकास माध्यामिक विद्यालयबाट  २०७४ सालको एसईई परीक्षापश्चात् नेपाल प्रहरीमा सेवा प्रवेश गरेकी हुन् ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *