मुग्लिङमा गुडिरहेको भारतीय गाडीमा ढुंगो खस्यो, तीन यात्रु गम्भीर घाइते

सेयर गर्नुहोस्

नेपाल समाचार 

-मुग्लिङ-नारायणगढ सडक खण्डको तुइनमा भारतीय कारमाथि ढुंगा खसेको छ ।

आइतबार दिउँसो साढे २ बजे आसपासको समयमा पहराबाट खसेको ढुंगो कारमा बजारिएको हो ।

सडकमा गुडिरहेको बेला भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी२९२८ नम्बरको सेत रंगको कारमा ढुंगो खसेको हो ।

ठूलो आकारको ढुंगो बजारिँदा कार क्षतिग्रस्त भएको छ भने पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन् ।

उक्त कारमा पाँचजना सवार रहेको खुलेको छ। जसमा पछाडि बसेका तीनजनाको सिटमै ढुंगो बज्रिएको थियो ।

पहराबाट आएको ढुंगो कारको सन रुफ भत्काउँदै सिटमा रहेका यात्रुमाथि लागेको हो । उक्त ढुंगाले लागेर घाइतेहरूलाई तत्कालै अस्पताल लगिएको छ ।

(Visited 18 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *