इरानी राजदूत भन्छन्– भारतले क्षेत्रीय शान्ति प्रवर्द्धन गर्न थप भूमिका खेल्नुपर्छ

सेयर गर्नुहोस्

नेपाल समाचार 

-भारतका लागि इरानका राजदूतले भारतलाई क्षेत्रीय शान्ति प्रवर्द्धनका लागि थप भूमिका खेल्न आग्रह गरेका छन् । इरानी राजदूत इराज एलाहीले प्यालेस्टाइनी मामिलाबारे आयोजित सम्मेलनको साइडलाइनमा यस्तो आग्रह गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले भारत ठूलो मुलुक भएकाले क्षेत्रीय स्थीरता र शान्तिका लागि थप प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका हुन् । उनले अमेरिका र इजरायलले ठूलो षड्यन्त्र गरिरहेको पनि आरोप लगाए ।

ती मुलुकले अनेक योजना र गतिविधि सञ्चालन गरी पश्चिम एशियाको नक्सा नै परिवर्तन गर्न खोजेको पनि उनको आरोप छ ।

उनले अहिले गाजा क्षेत्रमा भइरहेको जातीय नरसंहार सारा मानवताका लागि लज्जाको विषय रहेको पनि टिप्पणी गरे ।

इजरायलसँग राम्रो सम्बन्ध भएका मुलुकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई नरसंहार रोक्न लगाउनुपर्ने उनको भनाइ छ ।

(Visited 2 times, 2 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *