समूहमा विजेता हुँदै फ्रान्स क्वार्टर फाइनलमा

सेयर गर्नुहोस्

नेपाल समाचार

नेदरल्यान्ड्सलाई ५-२ ले हराउँदै फ्रान्स महिला युरो कप फुटबलमा समूहमा पहिलो स्थानसहित क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

समूह ‘डी’मा पहिलो भएको फ्रान्सले क्वार्टर फाइनलमा समूह ‘सी’मा दोस्रो भएको जर्मनीसँग खेल्ने छ। डल्फाइन कासकारिनो छाएको खेलमा फ्रान्सले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा तीन गोल गरेको थियो।

सन् २०१७ को च्याम्पियन नेदरल्यान्ड्स पहिलो हाफको समाप्तिमा २–१ ले अघि थियो। खेलको २२ औं मिनेटमा सान्डियो टोलेटीको गोलमा फ्रान्सले अग्रता लिए पनि त्यसको चार मिनेट पछि नै नेदरल्यान्ड्सका लागि भिक्टोरिया पेलोभाले गोल गरिन्।

फ्रान्सकी सेल्मा बाचाले आत्मघाती गोल गरे पनि पहिलो हाफमा नेदरल्यान्ड्सले अग्रता लिएको हो।

६१ औं मिनेटमा कासकारिनोका उत्कृष्ट पासमा मारिया एन्टोनेट काटोले गोल गरिन्। त्यसको ६ मिनेट भित्रमा नै काटोको गोलमा कासकारिनोले दुई गोल गरिन्। इन्जुरी समयमा फ्रान्सकी सकिना कारचाउले गोल गरिन्।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *