काठमाडौं महानगरले २५ अर्ब बढीको बजेट ल्याउँदै, कार्यपालिकाबाट पारित

सेयर गर्नुहोस्

नेपाल समाचार 

-काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै छ ।

आज बिहान बसेको कार्यपालिका बैठकले महानगरको आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।

कार्यपालिकाले पारित गरेको बजेट आजै दिउँसो २ बजे बस्ने नगरसभा बैठकमा पेस हुनेछ ।

नगर सभामा पेस हुनुपूर्व कार्यपालिकाबाट बजेट पास गराउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम महानगरको कार्यपालिकाले बजेट पास गरेको हो ।

गत शुक्रबार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो । सोही सिमा रहेर बजेट आएको कार्यपालिका स्रोतले जानकारी दिएको छ ।

शुक्रबार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *