गुजरातमा पुल भत्किँदा नदिमा खसे गाडी, ९ जनाको मृत्यु

सेयर गर्नुहोस्

नेपाल समाचार

-गुजरातको वडोदरास्थित महिसागर नदीमा बनेको पक्की पुल बुधबार बिहान भत्किँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ। दुर्घटनाको समयमा पुलबाट सवारिसाधन नदिमा खस्दा यात्रुको ज्यान गएको हो ।

पुल भत्किँदा दुईवटा ट्रक, दुईवटा कार र एक रिक्सा गरी पाँचवटा सवारी नदीमा खसेका थिए । एउटा ट्यांकर भत्किएको पुल छेउमा अड्किएको छ।

सो दुर्घटनामा ८ जनालाई स्थानीयले उद्धार गरेका छन्। उद्धार कार्यका लागि दमकल विभागका तीन टोली खटाइएको छ। ४५ वर्ष पुरानो यो पुलले मध्यगुजरातलाई सौराष्ट्रसँग जोड्थ्यो।

पुल भत्किएपछि भरुच, सुरत, नवसारी, तापी र वलसाडजस्ता दक्षिण गुजरातका सहरहरूबाट सौराष्ट्र पुग्न थप समय लाग्नेछ। अब यात्रुहरूलाई अहमदाबाद भएर लामो बाटो प्रयोग गर्नुपर्नेछ।

यस घटनामा घाइतेमध्ये ६ जनालाई पादरा अस्पताल र २ जनालाई वडोदरास्थित सयाजी अस्पतालमा स्थानान्तरण गरिएको छ।

स्थानीयले प्रशासनप्रति आक्रोश व्यक्त गरे। उनीहरूका अनुसार ४५ वर्ष पुरानो पुलको मर्मतका लागि प्रशासनलाई पटक–पटक जानकारी दिइएको थियो। तर प्रशासनको लापरवाहीका कारण आज दुर्घटना भएको हो।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *