युरो कपमा विश्व विजेता स्पेनको सनसनीपूर्ण खेल जारी

सेयर गर्नुहोस्

नेपाल समाचार 

-विश्व विजेता स्पेनको युरोपेली महिला फुटबल च्याम्पियनसिपमा सनसनीपूर्ण प्रदर्शन जारी राखेको छ । पहिलो खेलमा पोर्चुगललाई ५-० ले हराएको स्पेनले सोमबार भएको समूहको दोस्रो बेल्जियमसँगको खेलमा ६–२ को सफलता पायो । गोल अन्तर फराकिलो भए पनि बेल्जियमले स्पेनलाई पोर्चुगललाई सहज अवसर भने प्रदान गरेन ।

खेलको २२ औँ मिनेटमा एलिक्सिया प्युटेलासले स्पेनलाई पहिलो गोलको अग्रता दिलाए पनि त्यसको दुई मिनेटपछि नै भान ए भेरामेनटले बेल्जियमका लागि गोल गरेकी थिइन् । ३९ औँ मिनेटमा एरेना पेरेडेसले ३९ औँ मिनेटमा स्पेनलाई अग्रता दिलाएकी हुन् । ५० औँ मिनेटमा बेल्जियमकै हानन एर्लुङले गोल गरिन्।

५२ औँ मिनेटमा एस्थर गोन्जालेजले प्युटेलासको पासमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी हुन् । ६१ औँ मिनेटमा मारिया काडटेन्टी तथा ८१ औँ मिनेटमा क्लाउडिया पेनाले गोल गरे । प्युटेलासले स्पेनका लागि अन्तिम गोल गरिन् ।

समूह ‘बी’मा रहेका इटाली र पोर्चुगलको खेलमा १–१ गोलको बराबरी भएको छ । स्पेन ६ अङ्कसहित दोस्रो चरणमा प्रवेश गरेको छ । इटाली ४ अङ्कसहित दोस्रो तथा पोर्चुगल १ अङ्क सहित तेस्रो स्थानमा छन् । बेल्जियम शून्य अङ्क छ । बेल्जियम प्रतियोगिताबाट बाहिरिएको छ ।

(Visited 1 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *